
१४ कार्तिक काठमाडौं ।
सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा रहेको चिप प्रणाली हटाएर QR Code सहितको नयाँ लाइसेन्स छाप्ने तयारी गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार नयाँ QR प्रणालीले ट्राफिक प्रहरीलाई लाइसेन्स स्क्यान गरेर चालकको सम्पूर्ण विवरण तुरुन्तै हेर्न सजिलो बनाउनेछ। यसबाट चिट काट्ने प्रक्रिया डिजिटल र पारदर्शी हुने अपेक्षा गरिएको छ।
पुरानो स्मार्ट चिप कार्ड प्रणालीमा देखिएका प्रविधिक समस्या र उच्च लागतका कारण QR आधारित लाइसेन्समा जाने निर्णय गरिएको हो। विभागका अधिकारीहरूका अनुसार नयाँ प्रणालीले नक्कली लाइसेन्स नियन्त्रण गर्न र डेटा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनेछ।
नयाँ QR कोडयुक्त लाइसेन्स छपाइ सुरु हुने मिति चाँडै सार्वजनिक गरिने विभागले जनाएको छ।







Discussion about this post