


२६ असोज पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१२ स्थित छपकैयाको भकुवा मन्दिर नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, गुल्म नं. १२ गण बीरगंज अन्तर्गतको टोलीले भारतको रक्सौलबाट भन्सार छली गरी ल्याइँदै गरेको शुट, सटिङ र कुर्ताको कपडा नियन्त्रणमा लिएको हो। बरामद गरिएका कपडाहरू अबैध रुपमा नेपाल भित्र्याउन लागिएको सशस्त्र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी र तस्कर समूहबीच झडप समेत भएको थियो। झडपका क्रममा सशस्त्र प्रहरीका हवलदार गोपाल बहादुर श्रेष्ठ सामान्य घाइते भएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
बरामद गरिएका कपडाहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी बढाएको जानकारी दिएको छ।








Discussion about this post