
२५ असोज झापा – झापाको कमल गाउँपालिका–७ स्थित रङ्गपुरको केराबारीमा ५५ राउण्ड गोली फेला परेको छ। स्थानीय गङ्गाप्रसाद पाण्डेले राति खेतमा भेटिएको सेतो बोराको बारेमा प्रहरीलाई जानकारी गराएपछि आज बिहान प्रहरीले गोली बरामद गरेको हो।
दमकस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त बोरामा एसएलआर राइफलका ५५ वटा गोली रहेको पुष्टि गरेको छ। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले घटनाको पुष्टि गर्दै गोली कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए।
गोली भेटिएको स्थान आसपासको क्षेत्रलाई प्रहरी निगरानीमा राखिएको छ भने स्थानीय बासिन्दा पनि आशंकित बनेका छन्। यस घटनाले सुरक्षा संवेदनशीलताको संकेत दिएको भन्दै प्रहरीले सतर्कता बढाएको छ।








Discussion about this post