
बारा, असोज २४ – बारामा अविरल वर्षाका कारण आएको बाढीले बगाएको एक युवकको शव ६ दिनपछि फेला परेको छ।
प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोसाईलाई दुधौरा नदीको बाढीले बगाएको थियो। ती युवकको शव आज त्रिवेणी जाने बाटोस्थित बंगरी पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
शम्भु गोसाईका छोरा बिक्की असोज १८ गते बाढीमा बेपत्ता भएका थिए। परिवार र सुरक्षाकर्मीको निरन्तर खोजीपछि मात्रै उनको शव भेटिएको हो।
शवलाई पोष्टमार्टमका लागि कलैया अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







Discussion about this post