
२३ असोज पर्सा । नेपाल सशस्त्र प्रहरी बलका जवानहरूका लागि “विश्व दृष्टि दिवस” (World Sight Day)को अवसरमा निःशुल्क आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सुरक्षाकर्मीहरूको दृष्टि परीक्षण, आँखा रोगको प्रारम्भिक जाँच र आवश्यक सल्लाह प्रदान गरेका थिए।
“Love Your Eyes – आफ्ना आँखालाई माया गरौं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा आँखा जोगाउने उपाय, नियमित परीक्षणको महत्व र स्वस्थ जीवनशैलीका बारेमा जानकारी दिइयो।
यस अभियानले सुरक्षाकर्मीहरूमा आँखा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजक संस्थाले जनाएको छ।








Discussion about this post