०६ असोज पर्सा — इतिहासमै पहिलोपटक बिरगंजमा गहवा माइको १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ। धार्मिक आस्था र संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको यस विशेष यात्रामा हजारौं श्रद्धालु सहभागी भएका थिए।
बिरगंजको मुख्य सहर भएर निकालेको उक्त यात्रा गहवा माइ देवीको भक्तिमा समर्पित थियो। १५१ मिटर लामो चुनरी भक्तजनहरूले काँधमा बोकेर शहर परिक्रमा गरे, जसले धार्मिक उत्साह र सांस्कृतिक एकताको वातावरण सिर्जना गर्यो।
कार्यक्रम आयोजक समितिका अनुसार, यस यात्राको उद्देश्य गहवा माइको महिमा फैलाउनुका साथै बिरगंजमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।
श्रद्धालुहरूले यस अवसरमा देवीको जयकारा गर्दै, पूजाआजा र भजनकीर्तनसमेत गरेका थिए।
यो ऐतिहासिक चुनरी यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा निरन्तरता दिने आयोजकहरूको योजना रहेको छ।











Discussion about this post