

०६ असोज पर्सा, वीरगंज — आज घटस्थापनाको अवसरमा वीरगंजस्थित प्रसिद्ध गहवा माइ मन्दिरमा भक्तजनको उल्लेखनीय घुइँचो देखिएको छ। विहानैदेखि श्रद्धालुहरू दर्शन, पूजा र व्रत बस्नका लागि मन्दिरमा जम्मा भएका छन्।
नवरात्रिको पहिलो दिन घटस्थापनासँगै दुर्गा आराधना आरम्भ हुने भएकाले गहवा माइको दर्शन गर्न स्थानीय तथा टाढा–टाढाबाट भक्तजनहरू पुगेका हुन्। मन्दिर परिसर पूजाआजा, दुर्गा स्तुति र धार्मिक गतिविधिले भरिएको छ। श्रद्धालुहरू देवीको आशीर्वाद प्राप्त गर्नको लागि लामो लाइनमा बसेका देखिन्छन्।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने मन्दिर व्यवस्थापन समितिले भक्तजनको सुविधाका लागि विशेष व्यवस्था मिलाएको जानकारी दिएको छ।
नवरात्रिको शुभारम्भसँगै वीरगंजमा धार्मिक वातावरण झनै भक्तिमय बनेको छ। 🙏🌺








Discussion about this post