भारतको बिहार राज्यमा राजनीतिक परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले मुख्यमन्त्री पदको शपथ लिएका छन्।
राज्यपाल सैयद अता हसनैनले बिहार लोक भवनमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यससँगै लामो समयदेखि नेतृत्वमा रहँदै आएका नितिश कुमारको राजनीतिक प्रभुत्व कमजोर भएको संकेत गरिएको छ।
चौधरीले पहिलो पटक बिहारमा भाजपा नेतृत्वको सरकारको नेतृत्व सम्हालेका छन्। यसलाई राज्य राजनीतिमा नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा लिइएको छ।








Discussion about this post