पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ।
७१औँ स्थापना दिवसको अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्मा ले विज्ञप्तिमार्फत पत्रकार, सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा शुभकामना व्यक्त गरेकी छन्। उनले सात दशक लामो इतिहास बोकेको महासंघले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गरेकी छन्।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मिथ्या सूचना प्रवाह पनि बढेको उल्लेख गर्दै तथ्यपरक सूचना प्रवाह गर्नु अहिले चुनौतीपूर्ण बन्दै गएको उनले बताएकी छन्। सही सूचना पाउने नागरिकको अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न उनले सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेकी छन्।
त्यस्तै लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुनहरू सरोकारवाला पक्षसँग छलफल गरेर ल्याउन सरकारसँग महासंघले आग्रह गरेको छ। साथै नवयुवा आन्दोलनका क्रममा निशानामा परेका सञ्चारगृह तथा दुर्घटनामा परेका पत्रकारलाई क्षतिपूर्ति दिलाएर मनोबल बढाउन आवश्यक रहेको महासंघले जनाएको छ।








Discussion about this post