देशको राजनीतिक अवस्था तनावपूर्ण बन्दै गएपछि मधेस प्रदेशका आठै जिल्लामा प्रहरी हाई अलर्टमा राखिएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेस प्रदेश प्रहरी उच्च सतर्कतामा बसेको हो।
प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा सुरक्षा निगरानी बढाइएको छ। सम्भावित आन्दोलन र प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरी परिचालन बढाइएको उनले बताए।
यस अवधिमा प्रहरी कर्मचारीको बिदा समेत स्थगित गरिएको छ भने सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।








Discussion about this post