मिथिला कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला संस्थाले चैत १५ र १६ गते काठमाडौँमा दुई दिने सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।
नेपाल पुलिस क्लबमा सञ्चालन हुने ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल’ मा मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, एकल नृत्य, कविता प्रस्तुति, युवा अन्तरक्रिया तथा सांस्कृतिक छलफल लगायतका कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।
महोत्सवमा विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृति प्रेमीहरूको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रमले मिथिला संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
महोत्सव सफल बनाउन कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा सरोकारवालालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।








Discussion about this post