गत फागुन २१ गते म्याग्दी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले आफ्नो आत्मकथा पुस्तक बिक्री गर्दै वीरगंजमा सक्रिय अभियान जारी राखेका छन्। बिहान ८ बजेदेखि ११ बजेसम्म घण्टाघर चोकमा आयोजित कार्यक्रममा उनले ६० वटा किताब बिक्री गरी करिब ४५ हजार रुपैयाँ संकलन गरेका छन्।
सांसद पुनले बताएअनुसार उनी देशका ७७ वटै जिल्लामा पुगेर ५२६ दिनसम्म लगातार किताब बिक्री गर्दै आएका छन्। हाल उनी आफ्नो किताबको १७औं संस्करण छपाइमा रहेको जानकारी दिएका छन्।
उनले किताब बिक्रीबाट संकलित रकमबाट वीरगंजको कृषि औजार कारखाना सञ्चालन गरिरहेको उल्लेख गरेका छन्।
सो कारखानामा किसानका लागि विभिन्न कृषि उपकरण उत्पादन भइरहेको र ती औजारहरू हाल बजारमा बिक्री भइरहेको उनले जानकारी दिएका छन्। सांसद पुनले अढाई वर्षदेखि आफ्नो आत्मकथा बिक्री अभियान निरन्तर जारी राखेको पनि बताए।








Discussion about this post