वीरगंजस्थित कृषि औजार कारखानामा उत्पादित कृषि उपकरणहरूको बिक्री बढ्दै गएको छ। राष्ट्रिय अविष्कार केन्द्रको सञ्चालनमा रहेको कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरेको जनाएको छ।
कारखानाका इन्जिनियर रितेश देवका अनुसार आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखिएको छ। कारखानामा हाल मकै, धान, गहुँ, उखु तथा आलु रोप्ने, गोड्ने र काट्ने मेसिनसहित विभिन्न कृषि उपकरण उत्पादन भइरहेको छ।
२०५९ सालदेखि बन्द रहेको कारखाना २०७९ कात्तिकमा पुनः सञ्चालनमा ल्याइएको हो। कारखानामा प्राविधिकसहित ४५ जना कर्मचारी कार्यरत छन् भने कच्चा पदार्थको अभाव र फलामको मूल्यवृद्धिका कारण केही समस्या भए पनि उत्पादन र बिक्री जारी रहेको जनाइएको छ।








Discussion about this post