मारवाडी प्रिमियर लिग–३ अन्तर्गत पाँचौँ दिन सम्पन्न दुई खेलमा गौरीशंकर बिटिएस ब्लास्टर र मनास्लु राइडर्स विजयी भएका छन्।
आदर्शनगर रंगशालामा भएको पहिलो खेलमा कञ्चनजंघा वीरगंज स्ट्राइकरले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर बिटिएस ब्लास्टरले ९ विकेट गुमाउँदै १२४ रन बनाउँदै २१ रनले जित हात पारेको हो।
दोस्रो खेलमा माछापुच्छ्रे बिटिएस ब्लास्टरले १५ ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। लक्ष्य पछ्याएको मनास्लु राइडर्सले ८ विकेट गुमाउँदै १०५ रन बनाएर २ विकेटले रोमाञ्चक जित निकालेको छ।








Discussion about this post