• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

रास्वपाका कानुको बारवामा घरदैलो, बेरोजगारी र बाढी समस्या समाधानमा जोड

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ २६ गते सोमबार
A A
रास्वपाका कानुको बारवामा घरदैलो, बेरोजगारी र बाढी समस्या समाधानमा जोड
1
SHARES
7
VIEWS

पर्सा क्षेत्र नम्बर २ अन्तर्गत वीरगन्ज–१९ बिन्दवासनी बारवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कानुले सोमबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

स्थानीय जेष्ठ नागरिक, जेन्जी युवा र महिला सहभागी कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै कानुले आफ्नो एजेन्डा प्रस्तुत गरे।

घरदैलोमा स्थानीयले वर्षायाममा नदीबाट आउने बाढीले खेतीयोग्य जग्गामा हुने क्षति, बेरोजगारी र सीप अभावका समस्या उठाएका थिए। कानुले मतदातालाई आश्वासन दिँदै, निर्वाचित भए यी समस्यालाई संसदमा उठाउने र दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरे।

साथै उनले बेरोजगारी समाधानका लागि स्थानीय युवाहरू र महिलाका लागि रोजगार सिर्जना, सीप तालिम र आयआर्जनका अवसर उपलब्ध गराउने योजना अघि बढाउने बताए। कृषि उत्पादन बढाउने, मलखाद समयमै उपलब्ध गराउने र किसानको जीवनस्तर उकास्ने विषयलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

स्थानीयहरूले उम्मेदवार कानुको योजना र प्रतिबद्धतामा उत्साह व्यक्त गर्दै आगामी निर्वाचनमा समर्थन दिने संकेत दिएका छन्।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग
स्थानिय

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो
राजनिती

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित
स्थानिय

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In