पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगंज महानगरपालिका श्रीपुर वडा नं. ११ मा भव्य घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सयौं युवाहरू र विभिन्न दलका नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन्।
घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार रुङ्टाले शिक्षा, रोजगारी, स्वास्थ्य र स्थानीय विकासमा काम गर्ने प्रतिबद्धता दोहोर्याएका थिए। स्थानीयबासीले आफ्नो क्षेत्रका समस्या र अपेक्षाहरू साझा गर्दै विकासमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह लगायत नेताहरूको सहभागिता रहेको थियो।
स्थानीय विश्लेषकहरूका अनुसार अनिल रुङ्टाप्रति देखिएको जनउत्साह र युवाहरूको सक्रिय सहभागिताले पर्सा–१ मा आगामी निर्वाचनमा कांग्रेसको सशक्त प्रदर्शन हुने संकेत दिएको छ।








Discussion about this post