आम जनता पार्टीबाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तखारले चुनावी अभियानलाई तीव्र बनाउँदै पर्साको सखुवा प्रसौनी गाउँपालिकामा घरदैलो तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
२६ वर्षीय जेनजी युवा उम्मेदवार इस्तखारले घर–घर पुगेर शिक्षा, रोजगारी, स्वास्थ्य र स्थानीय विकासका मुद्दामा संवाद गर्दै जनमुखी, जवाफदेही र पारदर्शी राजनीति आफ्नो प्राथमिकता रहेको बताएका छन्।
उनले युवाको वास्तविक प्रतिनिधित्व संसदमा आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि आफूलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन्।
घरदैलोका क्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको स्थानीयले बताएका छन्। नयाँ सोच, सक्रियता र निरन्तर जनसम्पर्कका कारण युवा उम्मेदवार इस्तखारप्रति आकर्षण बढ्दै जाँदा पर्सा क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातिँदै गएको छ।









Discussion about this post