पर्सा क्षेत्र नम्बर–३ मा आमजनता पार्टीका २६ वर्षीय उम्मेदवार मोहम्मद इस्तखारले चुनावी अभियानलाई गति दिएका छन्। ‘मोबाइल’ चुनाव चिन्हबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दै उनी गाउँ–गाउँ पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
आज बिन्दवासिनी गाउँपालिका वडा नं. २ मा सम्पन्न घरदैलोमा इस्तखारले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै युवाको रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासका विषयमा जानकारी लिए। उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने र संसदमा युवाको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
युवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले पारदर्शिता, जवाफदेहिता र नयाँ सोचको पक्षमा मतदान गर्ने तयारी देखाएका छन्।
जेनजी पुस्ताबाट उठेका उम्मेदवारका रूपमा मोहम्मद इस्तखारको सक्रिय घरदैलो अभियानले पर्सा–३ मा चुनावी माहोलमा तातोपन थपेको छ।








Discussion about this post