अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार दर २५ प्रतिशत रहेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गर्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पारस्परिक भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पको दाबीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। यद्यपि उनले व्यापार सम्झौताबारे स्पष्ट उल्लेख नगरी भन्सार दर घटाइएको विषयमा मात्र सन्तोष व्यक्त गरेका छन्। मोदीले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा लाग्ने भन्सार १८ प्रतिशतमा झारिएकोमा खुशी लागेको उल्लेख गरेका छन्।
यसअघि अमेरिकाले भारतले रुसबाट कच्चा तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार लगाएको थियो। त्यसपछि भारतमाथि लाग्ने कुल भन्सार दर ५० प्रतिशतसम्म पुगेको थियो।








Discussion about this post