अमेरिकासँगको तनाव बढ्दै गएपछि इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सेनामा व्यापक तयारी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले आफ्नो सेनामा करिब १ हजार लडाकु ड्रोनहरू समावेश गरेको छ।
इरानले हालै सैन्य अभ्यासको घोषणा गरेको छ। यसअघि अमेरिकाले मध्यपूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप पठाएपछि यो कदम उठाएको अन्तर्राष्ट्रिय विश्लेषकले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ विशाल आर्मडा पठाइएको र सम्झौतामा पुग्न समय सिमित रहेको चेतावनी दिनुभएको थियो।








Discussion about this post