नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार वटा खेल हुँदैछन्। काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा प्रतियोगिता जारी छ।
महिलातर्फ बिहान १० बजे नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, पुरुषतर्फ दिउँसो २ बजे बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा दिउँसो ४ बजे कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र आमनेसामने हुनेछन्।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ।








Discussion about this post