राजधानीका विभिन्न होटलमा ग्राहकको मागअनुसार युवती उपलब्ध गराउने अवैध धन्दा फस्टाएको खुलासा भएको छ। सो धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई मंसिर २० गते सरस्वतीनगरबाट नियन्त्रणमा लिएको हो। उनले आफ्नै कार प्रयोग गरी युवतीहरू होटल पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कार्कीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
अनुसन्धान पूरा भएपछि छिट्टै अदालतमा मुद्दा दायर गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post