आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। मुम्बईस्थित बीसीसीआई मुख्यालयमा सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा टोली घोषणा गरेका हुन्।
टोलीको उपकप्तानमा अक्षर पटेल चयन भएका छन्। ईशान किशन र रिंकु सिंह टोलीमा समेटिँदा शुभमन गिल र जितेश शर्मा बाहिरिएका छन्। यही टोलीले घरेलु मैदानमा न्युजिल्यान्डसँग जनवरी २१ देखि शुरू हुने पाँच खेलको टी–२० शृङ्खलासमेत खेल्नेछ।
१०औँ संस्करणको टी–२० विश्वकप फेब्रुअरी ७ देखि शुरू भई मार्च ८ मा फाइनल हुनेछ। २० टोली सहभागी प्रतियोगितामा भारत साविक विजेता हो।
भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सन्जू सामसन, तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर, ईशान किशन।








Discussion about this post