

२७ असोज धनकुटा । धनकुटा जिल्लाको जिरोप्वाइन्ट क्षेत्रमा सम्भावित दुर्घटनापछि उद्धार तथा नियन्त्रणका लागि आज कृत्रिम अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा गरिएको उक्त अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
अभ्यासको क्रममा दुर्घटनापछि उत्पन्न हुन सक्ने जटिल परिस्थितिहरूलाई नियन्त्रणमा ल्याउन आवश्यक बल प्रयोग तथा समन्वयात्मक कार्यहरू गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उक्त अभ्यासको मुख्य उद्देश्य आकस्मिक घटनामा सम्बन्धित निकायबीचको समन्वय, तदारुकता र कार्यक्षमता अभिवृद्धि गर्नु हो।








Discussion about this post