
इलाम, असोज २६ – मेची राजमार्ग अन्तर्गत राजदुवाली सडक खण्डमा पहिरोका कारण सवारी आवागमन ठप्प भएपछि बिरामीलाई स्टेचरमा बोकेर अस्पताल पुर्याउन सुरक्षाकर्मीहरू सक्रिय भएका छन्।
गत सातादेखिको लगातारको वर्षा र बाढीका कारण सो राजमार्गमा ठूला पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन् भने आपतकालीन सेवामा समेत गम्भीर असर परेको छ।
शनिबार, एक गम्भीर बिरामीलाई उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्थामा सुरक्षाकर्मीले स्टेचर प्रयोग गरेर पहिरो पार गराई उद्धार गरेका हुन्। जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद सुरक्षाकर्मीहरूको तदारुकताले जनजीवनमा केही सहजता ल्याएको छ।
स्थानीय प्रशासनका अनुसार पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ। तर, निरन्तर वर्षाले काममा ढिलाइ भइरहेको जनाइएको छ। स्थानीयबासीले जल्दै सडक खुलाउने कार्यमा सरकारले थप ध्यान दिनुपर्ने माग गरेका छन्।







Discussion about this post