
२३ असोज । सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक (EAP) छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।
ओमानमा भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको मध्यम लक्ष्य दिएको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे।
जवाफी ब्याटिङमा कुवेतको टिम १८.१ ओभरमै ८३ रनमा अल आउट हुँदै हार मान्न बाध्य भयो।
यो जितसँगै नेपालले विश्वकप छनोट अभियानको उत्कृष्ट सुरुवात गरेको छ। 🇳🇵🏏








Discussion about this post