काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ विमान शुक्रबार राति अवतरणका क्रममा रनवे पार गर्दै दुर्घटनामा परेको छ। विमान रनवेको पूर्वतर्फ करिब ३०० मिटर घाँसे झाडी र माटोमा भासिँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना राति ९ः१० बजे भएको हो। कलसाइन ९०१ रहेको उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर गरी जम्मा ५६ जना सवार थिए। घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post