फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय आज र भोलि तोकिएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिने सबै दर्ता राजनीतिक दललाई विधि र प्रक्रिया पूरा गरी बन्दसूची समयमै बुझाउन आग्रह गरेको छ ।
आयोगले जारी गरेको सूचनामा आवश्यक कागजातसहित बन्दसूची तयार गरी तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने उल्लेख छ। समानुपातिकतर्फको प्रक्रिया व्यवस्थापनका लागि आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ ।
यता बन्दसूची पेश गर्ने समय नजिकिँदै जाँदा पनि ठूला दलहरू निर्वाचन हुने–नहुने विवादमै अल्झिएका छन्।








Discussion about this post