तराई क्षेत्रमा शीतलहर र घना कुहिरोको प्रभाव कायमै रहेपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयमा पुनः बिदा थप गर्ने निर्णय गरेको छ। यसअघि पुस ७ देखि १४ गतेसम्म पठनपाठन स्थगित गरिए पनि मौसममा सुधार नआएपछि पुस १६, १७ र १८ गतेसम्म सबै विद्यालय बन्द रहनेछन्।
महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनअनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा थपिएको हो। शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार पुस १९ गते शनिबार परेकाले पुस २० गते आइतबारदेखि मात्रै विद्यालय खुल्ने छन्।
बढ्दो चिसोका कारण विद्यार्थीको स्वास्थ्य जोखिम बढेको भन्दै महानगरपालिकाले एहतियाती कदमका रूपमा बिदा दिएको जनाएको छ। यो बिदा वर्षे बिदाबाट कट्टा गरिने पनि महानगरपालिकाले स्पष्ट पारेको छ।








Discussion about this post